भारतीय हिपहप डान्स कोरियोग्राफर ऋषि सुफीद्वारा निर्मित ”सपना” बोलको गितको भिडियो सार्वजनिक

 

मेक मनि रेकर्डसद्वारा निर्मित ”सपना” बोलको गितको भिडियो सार्वजनिक भएको । उक्त गीतमा योङ्ग कित(कपिल योगी) को स्वर र शब्द रहेको छ। गीतलाई योङ्ग कित र मिस्ट चाम ब्लिंगले संगीत दिएका छन। भिडियोमा सस्पेन र एक युवकको सपनाको भावुक कथा देखाउन खोजिएको छ। बुवाले छोरालाई आफ्नो कथा सुनाएका छन् जुन कथामा आफ्नो पुरा नभएको सपना अब छोरालाई पुरा गर्न भन्छन यसै वरिपरि कथा धुमाइएको छ। भिडियोलाई भारतीय हिपहप डान्स कोरियोग्राफर ऋषि सुफीले कथा लेखन र निर्देशन गरेका छन्।

 

 

 

भिडियोमा अंकित गिरी,सब्बु तामाङ्ग,जितेन्द्र ठाकुर,क्रिदिप शाह,अभिन महर्जन,सुदिप दर्लामी,अमृत तामाङ्ग फिचर भएका छन। भिडियोलाई रपिल महर्जन र हिमाल खड्काले खिचेका छन् भने रपिल महर्जनले सम्पादन पनि गरेका छन। फ्रेम आर्ट निश्चल रानाले गरेका छन् भने मेकअपमा नेहा गुरुङ र अन्जली मगर रहेका छन।

 

Facebook Comments

यो पनि हेर्नुहोस