नाटक ‘म’ कलाकारको अनुभव

हरेकले म भन्ने बित्तिकै सबैभन्दा पहिला आफूलाई नै सम्झने गर्छन् । नाटक ‘म’ले पनि हरेक म पात्रको कथा बोक्ने प्रयास गरेको छ । यो नाटकले १५/१६ वर्ष कलाकारितामा काम गर्दा भेटेको म को अनुभव सुनाउन खोजेको छ । करिब २० दिन लगायत तयार पारिएको नाटक १ घण्टा १५ मिनेटजति लामो छ ।

२ पटक भत्किएर बनेको पुरानो घरले आफ्नो पहिलो नाटकको रूपमा ‘म’ पस्किन लागेको हो । तर पुरानोघरले यसभन्दा अघिपनि नयाँ नाटकको लागी रिहर्सल गरेको थियो । कोरोना भाइरसले निम्त्याएको जोखिमको कारणले नाटकको काम बीचमा नै छोड्नुपर्यो ।

नाटक ‘म’लाई सुलक्षण भारतीले लेखेका हुन् । उनी भन्छन्, मैले १५/१६ वर्ष काम गर्दाको अनुभवलाई नाटकमा समेट्ने प्रयास गरेको छु । नाटकमा सोलो एक्ट देख्न सकिन्छ । नाटक असोज १ गतेबाट सिनामङ्गल स्थित पुरानो घर थिएटरमा मञ्चन हुँदैछ ।

Facebook Comments

यो पनि हेर्नुहोस