नेपाल युरोपियन युनियन फिल्म महोत्सवमा नेपाली फिल्मको इन्ट्री

चलचित्र खबर, काठमाडौँ :- नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सवको दशौँ संस्करणमा नेपाली दर्शकहरूका लागि यही असोज १ देखि ९ सम्मको अवधिभरि युरोपियन युनियनको डेलिगेसनले नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सव २०२१ (नियुफ २०२१) भर्चुअल स्ट्रिमिङ प्लाटफर्म “फेस्टिभल स्कोप” मार्फत गर्ने जानकारी गराएको छ। विभिन्न पुरस्कार जित्न सफल १४ युरोपियन मुलुकका १५ चलचित्रको साथै अन्य २४ चलचित्रहरू प्रदर्शन गरिने छन् ।

 

 

नेपालका लागि युरोपियन युनियनको डेलिगेसनका कार्यवाहक राजदूत स्टेफेन माइकनले भने, ‘महामारीबाट सिर्जित कठिनाइहरूको कारणले गर्दा सांस्कृतिक गतिविधिहरूलाई ठप्प पारेको अवस्था छ । यस्तो स्थितिमा पनि हामी नेपाल तथा युरोपियन युनियनबीचको सांस्कृतिक आदानप्रदान तथा फ्यूजनको प्रवर्द्धन केही उत्कृष्ट नेपाली तथा युरोपेली चलचित्रहरूको अनलाइन प्रदर्शनीबाट गरिरहेका छौं,’

 

महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल ११ युरोपेली चलचित्रहरू समावेश गरिएका छन् । यीमध्ये दुईओटा चलचित्र नेपाली भाषामा सबटाइटल गरिएका छन् । यस्तै तीनओटा पुरस्कार जित्न सफल नेपाली चलचित्रहरू पनि समावेश गरिएका छन् । विनोद पौडेल निर्देशित बुलबुल, धोन्डुप छिरीङ निर्देशित आमा खान्डा तथा सर्जियो बास्सो निर्देशित सरीता । यो फेस्टिभलमा पहिलो पटक नेपाली फिल्म प्रदर्शन हुने भएको छ ।

 

महोत्सवमा २३ ओटा वन्यजन्तु संरक्षण, वातावरण तथा जलवायु परिवर्तनसँग सम्बन्धित चलचित्र समावेश गरिएको छ भने यसका अलावा फिल्म निर्माण सम्बन्धि विविध पक्षहरूको बारेमा पनि फरक फरक तीनवटा कार्यक्रमहरूको आयोजना गरिने बताइएको छ | महोत्सवमा भएका फिल्महरुलाई https://www.festivalscope.com/page/neuff/ साइटमा गएर हेर्न सकिने छ |

Facebook Comments

यो पनि हेर्नुहोस