शुरक्षाको ‘ग्रीन बर्ड’ छायांकनमा जादै

चलचित्र खबर, काठमाडौँ :- कोरोना महामारीका कारण चलचित्र क्षेत्रमा लागेको खडेरीको कारणले आकुल व्याकुल रहेका चलचित्रकर्मिहरु अहिले हलहरु खुले पश्चात चलचित्र रिलिज र छायांकनका लागि आफ्नो गुफा तोडेर बाहिर निस्किन थालिसकेका छन् | सरकारद्वारा अनुमति नदिए पनि चलचित्र छायांकन नभएका भने होइन तर अब सरकारले नै अनुमति दिएपछि चाहिँ छायांकनका लागि चलचित्रहरु भटाभट निस्किन थालेका छ |

यसै क्रममा नायिका ‘शुरक्षा पन्त’को अभिनय रहने ‘अन्डर प्रि-प्रोडक्सन’ मा रहेको फिल्म ‘ग्रीन बर्ड’ पनि आउँदो हप्ताबाट छायांकनमा निस्कने भएको छ । परिवार र समाजको मूल्य मान्यताविरुद्ध गएर आफ्नो जीवन जिउन चाहने एक युवतीको संघर्षको कथामा आधारित रहने चलचित्रमा सुरक्षा पन्तको मुख्य भूमिका रहने छ | चलचित्र ‘आमा’ रिलिजको लामो समय पछी नयाँ चलचित्रमा साइन गरेकी उनले चलचित्रमा रहने आफ्नो भूमिका प्रति मोहित भएको साथै काम गर्न उत्सुक रहेको बताएकी छिन् |

May be an image of bird and text that says 'NIRVANA FILM SCHOOL SURAKSHYA PANTA KAMAL MANI NEPAL AFRAAN ALI YOUNG STAR CINEMA PRESENTS GREEN BIRD PRODUCTION DESIGNER UTNING NIGAM SHRESTHA DIRECTED BY PRAMOD KANDEL SURYA SHARMA BHATTA ISHWORI SINGH YOUNG STAR CINEMA PRESENTS GREEN BRD PRODUCTION DIRECTED PRAMOD KANDEL D.O. KARTIKEY SMITA KARNATAK HIRALAL KANDEL D.O.P ADARSHA SHRESTHA-HEN KHADKA COSTUME RANJIT CHHETR MUP NIGAM SHRESTHA &SCREENPLAY PRAMOD KANDEL SUMI ACHARYA RAJIV POKHREL - COMING SOON'

योङ स्टार सिनेमाको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई नव निर्देशक प्रमोद कडेलले निर्देशन गर्ने भएका छन् | साथै कथा स्टोरी र स्क्रिन्प्ले पनि कडेलकै रहने छ |चितवन र नवलपुरमा खिचिने फिल्ममा अभिनेत्री सुरक्षा पन्त सँगै  कमलमणी नेपाल र अफरान अलीको पनि अभिनय रहने बताइएको छ |

ओटीटीमा ‘शेर शाह’ले गर्यो रेकर्डको बर्षा

भदौ २५ गतेबाट फिल्मको छायांकन सुरु हुने चलचित्रमा कात्तिक स्मित कर्नाटकको छायांकन र अन्जय खड्काको सम्पादन रहनेछ ।

Facebook Comments

यो पनि हेर्नुहोस