अब रहेनन् ‘सिद्धार्थ शुक्ला’

 

 

चलचित्र खबर, काठमाडौँ :- बलिउड कलाकार साथै ‘बिगबोस १३’का बिजेता ‘सिद्धार्थ शुक्ला’को निधन भएको छ | हृदयघातका कारण ४० बर्षको उमेरमा शुक्लाको निधन भएको भारतीय संचारमाध्यमले जनाएको छ|उनको पार्थिब शरीरलाई पोस्टमार्टमका गर्नु अघि मुम्बईको कपुर अस्पतालमा राखिएको भारतीय संचारकर्मीहरुले जनाएका छन् | स्रोतका अनुसार बुधबार राति सुत्नु अघि केहि औषधि खाएर सुतेका उनि बिहिबार बिहान मृत आवस्थामा भेटिएका थिए |

 

 

पहिलो पटक मोडलको रुपमा आफ्नो करियर सुरु गरेका उनको जन्म १२ डिसेम्बर १९८० मा भएको थियो | उनले ‘बिग बोस १३’ लगायत सन् २००५ मा उनले ‘वर्ल्ड बेस्ट मोडल’ को उपाधि पनि जितेका थिए |
मोडलिङ पछी सानो पर्दामा देखिएका उनि पछी ठुलो पर्दामा पनि देखिएका थिए |

Facebook Comments

यो पनि हेर्नुहोस