‘अमिताभ बच्चन’ र ‘इमरान हाशमी’को ‘चेहरे’ सिनेमा हलमा रिलिज

चलचित्र खबर, काठमाडौँ :- बलिउडलाई विश्वकै दोश्रो ठुलो फिल्म इन्डस्ट्री भन्ने गरिन्छ | यहाँ बर्षेनी हजार भन्दा बढी चलचित्रहरु निर्माण र रिलिज हुने गर्छन् | कोरोना महामारीका कारण दर्शकहरु सिनेमा हलसम्म पुग्न हिच्किचाहिरहेका बेला बलिउड चलचित्रले भने धमाधम रिलिज डेट घोषणा गरिरहेको छ | यसै क्रममा शुक्रबार अभिनेता ‘अमिताभ बच्चन’ र ‘इमरान हाशमी’ अभिनित सिनेमा ‘चेहरे’ पनि सिनेमा हलहरुमा रिलिज भएको छ |

Chehre (2021) - IMDb

अभिनेता ‘इमरान हाशमी’ले कोरोना महामारीका कारण सिनेमा हलका संचालनकर्ताहरु पनि मारमा परेका कारण उनीहरुलाई पनि सहयोग गर्ने उद्देश्यले हलमा सिनेमा रिलिज गरेको बताए | केहि समय अघि अभिनेता अक्ष कुमार अभिनित चलचित्र ‘बेल बटम’ पनि सिनेमा हलमै रिलिज भएको थियो |

अभिनेता अमिता बच्चनको सिनेमा हेरेरै हुर्किएका इमरानले अमिताभसँग काम गर्दाको अनुभव सुनाउदै भने, ‘मेरो लागि आरोप–प्रत्यारोप वाला सीन गर्न मुश्किल थियो । उहाँमाथी चिच्याउन कराउन शुरुमा अजीव लागेको थियो, तर उहाँ निकै सपोर्टिभ हुनुहुन्छ । एक अभिनेताको हिसाबले उहाँले सहयोग गर्नु भयो । उहाँबाट मैले एक चीज सिक्ने अवसर पाए कि उहाँ आफ्नो कामलाई लिएर निकै अनुशासित हुनुहुन्छ । सेटमा पनि समयमै आउनु हुन्छ । निर्देशकले ब्रेक नदिए सम्म उहाँ सेटमै बस्नुहुन्छ ।’

धुर्मुस, सुन्तलीको ‘म त मर्छु कि क्या हो ?’ ओटीटीमा रिलिज

 

Facebook Comments

यो पनि हेर्नुहोस