जेलैमा बसेकी चरी ‘विष्णु’को कथा

चलचित्र खबर, काठमाडौँ :- नेपाली चेलीहरुको बिशेष चाड हरितालिका तिज नजिकिदै गर्दा, नेपाली गीत संगीत क्षेत्रमा पनि तिजका नयाँ नयाँ गीतहरु बिगतका बर्षहरुमा झैँ सार्बजनिक भई रहेका छन् | गीतसंगीत कै प्रभाबका कारण पनि हरितालिका तिजको महत्व अझै बिशेष हुने गरेको पाइएको छ |

तीजकै अवसर पारेर लोकप्रिय गायिका ‘विष्णु माझि’को जादुमय आवाजमा रहेको ‘चरी जेलैमा’ बोलको गित सार्बजनिक भएको छ | गीतको बोलमा झैँ भूमिगत जीवन बाचिरहेकी गायिका ‘माझि’ले आज सम्म दश हजार भन्दा धेरै गित रेकर्ड गराइसकेकी छिन् | करिब दुई दशक अघिबाट सांगीतिक यात्रामा लागेकी उनले नेपाली लोक गित क्षेत्रमा महत्वपूर्ण योगदान दिदै आइरहेकी छिन्, तर उनलाई प्रत्यक्ष रुपमा भने नत दर्शकले देख्न पाएका छन् नत कुनै मिडिया पत्रकारले नै | प्रविधि विकासको बढ्दो प्रयोग सँगै, कलाकारहरु आफुलाई अपडेट गराउन विभिन्न सामाजिक संजालमा दिनहु कसरत गरिरहेका बेला गायिका माझि भने सामान्य कलाकारको परिभाषामा पनि नअटाउने भैसकेकी छिन् | वास्तबमा भन्ने हो भने उनको आभास स्टुडियोको भित्ता र माईक बाहेक अरु कसैले गर्न पाएका छैनन् |

विभिन्न संचार माध्यम र अन्तर्वार्तालाई आधार मान्ने हो भने स्यांग्जाको चापाकोट स्थित कालीगण्डकी नदीको किनार खोरियाघाटमा वि.स. २०४३ साल असाढ १२ गते जन्मेकी उनि एक निम्न बर्गीय माझी परिवारमा हुर्केकी हुन् | स्वाभाविक रुपमै मिठासपूर्ण आवाजकी धनि गायिका माझि ले गायन कला आफ्नो बाबुबाट सिकेको बुझ्न सकिन्छ |गायिका विष्णु १५ बर्षको हुदाँ वि.स. २०५८ सालमा बेझाढ भन्ने ठाउमा आयोजना गरिएको दोहोरी प्रतियोगितामा आफ्ना दुई साथीहरु सहित पुगेकी थिइन् | उक्त प्रतियोगितामा उनको स्वरको जादु त चलिरहेकै थियो, साथै उनको शब्द छनौटले पनि निर्णायक मण्डलमा आसनरथ गायक नारायण खनाल लेकाली को मन छुन पुग्यो | त्यसपश्चात नारायण लेकालीले गायिका बिष्णुको घरमा गई उनको प्रतिभाको कारण भबिष्य उज्ज्वल हुनसक्ने बताउदै गायिका विष्णुलाई आफुसंग महोत्सवमा भाग लिन जान दिनका लागि अनुरोध गरि दोहोरि प्रतियोगितामा लैजान थाले |

Highest paid singer Bishnu Majhi sees demand go high

विलक्षण प्रतिभाकी धनि गायिका ‘विष्णु’को सांगीतिक यात्राको ट्रनिंग पोइन्ट बुटवल महोत्सव रहेको बुझ्न सकिन्छ | बुटवल महोत्सवमा दोहोरी प्रतियोगितामा भाग लिन ‘नारायण खनाल लेकाली’संग बुटवल पुगेकी उनको सुन्दरमणि अधिकारी संग पनि त्यही पहिलो भेट भएको थियो | सुन्दरमणि पनि आफ्नो टिम सहित उक्त प्रतियोगितामा भाग लिन पुगेका थिए | तर प्रतियोगितामा सुन्दरमणिको टीम बिष्णुको टिमसंग हार्न पुग्यो | प्रतियोगिताको अन्त्य अन्त्य तिर सुन्दरमणिले नारायण लेकाली संग पोखरामा आयोजना हुन लागेको लेखनाथ महोत्सवमा भाग लिन र उक्त प्रतिस्पर्धामा प्रथम हुने अभिलासा रहेको भन्दै १० दिनको लागि गायिका बिष्णुको माग गरेका थिए | उक्त महोत्सबमा नारायण खनाल लेकाली भाग लिन नपाउने भएका कारण साथै नारायण र सुन्दरमणि साथी भएका कारण साथीको लागि नारायणले बिष्णुको घरमा गएर आफु साक्षी बसी १० दिनमा फिर्ता गर्ने सर्तमा विष्णु र सुन्दरमणिलाई पोखरा पठाइदिए |

बिष्णुको बेजोड प्रस्तुतिका कारण सुन्दरमणिले उक्त प्रतियोगिता जित्न सफल पनि भए तर सर्त बमोजिम सुन्दरमणिले विष्णुलाई फिर्ता गरेनन त्यसको बदलामा उल्टै विष्णु सहित धेरै बर्षसम्म गुमनाम भएर बसिरहे | करिब ८,९ बर्षसम्म लिभ इन टुगेदरमा बसेका उनीहरुले अहिले बिहे गरिसकेको पनि ८,९ बर्ष भैसकेको छ | समय बित्दै जादा गायिका ‘विष्णु’ नेपाली लोक दोहोरी संगीत क्षेत्रमा चर्चित गायिका बनेपनि मिडियामा भने आजको मितिसम्म पनि उनको प्रत्यक्षदर्शी हुने अवसर कसैले पाएका छैनन् |

चलचित्र ‘डाँडाको वरपिपल’मा ‘भुवन’ र ‘शिव’ एकसाथ

रेडियो र आवाजले मात्र मनोरन्जन पुग्ने समय हराउदै गएको र विभिन्न सामाजिक सञ्जालहरुको बढ्दो सक्रियतामा पनि गायिका ‘विष्णु’ निस्क्रिय हुन वा भनौ भूमिगत भएर बस्नु उनको ईच्छा हो या बाध्यता ? आज एउटा गित गाए बापत २ लाख पारिश्रमिक बुझ्ने उनको साँगेतिक यात्राले दुई दशक पार गरिसक्दा पनि उनको माइतीघरमा भने आज पनि त्यस्तै दयनीय अवस्था रहेको देख्न सकिन्छ | जुन समयमा गायिका विष्णु माइतीको अधिकारमा रहेकी थिइन् त्यस समयमा उनलाई सुन्दरमणिले गुमनाम बनाएर राख्दा विष्णु तथा माइतीका अधिकार माथि हनन गर्नु साथै पछि बिहे पछि पनि बिष्णुको माइतिप्रती कुनै उदारता नदेखाउनुमा गायिका बिश्नुकै इक्षा हो वा उनको श्रीमान सुन्दरमणिको दबाब ? कतै उनको गीतको शब्दमा झैँ उनि पनि जेलको चरी झैँ बस्नु परेको त छैन ? भन्ने जस्ता सवालहरु उनका विश्व बजारमा छरिएर रहेका सुभचिन्तक तथा दर्शकहरुको मनमा रहेको छ | केहि वर्ष यता उनलाई उनकै श्रीमान् सुन्दरमणि अधिकारीले बन्दि बनाएर राखेको भन्ने हल्ला भएको कारण करिब दुई वर्ष अघि उनका श्रीमानले प्रहरी कार्यालयमा गएर स्पष्टीकरण दिनुपरेको थियो | जसमा उनीहरु निश्चित उद्धेश्य प्राप्तिका लागि गुपचुप बसेको कुरा आफ्नो सफाईमा बताएका थिए भन्ने बुझिएको छ |

 

Facebook Comments

यो पनि हेर्नुहोस