चलचित्र ‘डाँडाको वरपिपल’मा ‘भुवन’ र ‘शिव’ एकसाथ

चलचित्र खबर, काठमाडौँ :- निर्देशक तथा निर्माता सोभित बस्नेतद्वारा निर्देशन हुन लागेको चलचित्र ‘डाँडाको वरपिपल’को छायांकन यहि सोमबार देखि सुरु भएको छ |६० दिनको छायांकन सेड्युल सहित फ्लोरमा निस्किएको फिल्मले पहिलो दुई दिन (सोमबार र मंगलबार) धादिङमा छायांकन गर्ने छ भने बुधबारदेखि चित्लाङ्ग र चित्लाङ्ग पछी काठमाडौँ उपत्यकामा छायांकन गर्ने जनाएको छ |

नेपाली चलचित्र क्षेत्रमा लामो समय व्यतीत गरेका निर्देशक बस्नेतको यो ३१ औ चलचित्र हो जसमा भूवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञान कुमार कटेललगायतको मुख्य भुमिका रहने बताईएको छ ।

लामो समय पश्चात पुन: चलचित्रमा फर्किएका अभिनेता द्वय भुवन केसी र शिव श्रेष्ठ पछिल्लो चलचित्र वि. स. २०६२ मा चलचित्र ‘राजु राजा राम’मा एकसाथ देखिएका थिए भने त्यस पश्चात चलचित्र ‘डाँडाको वरपिपल’मा पुन: एक साथ् देखिन लागेका हुन् |

Rubina's Romance with Salon in 'Dandako Barpeepal'

रामकाजी घिमिरेद्वारा लेखिएको चलचित्रमा नायक सलोन बस्नेतलाई नायिका रुबिना थापाले साथ् दिनेछिन | चलचित्रमा पहिलो पटक रुबिना संग एकसाथ काम गर्न लागेका सलोनले यस अघि थुप्रै चलचित्रमा काम गरिसकेका छन् भने रुबिनाले पनि ‘लभ डाईरी’मा नायक सुशील श्रेष्ठ संग कम गरिसकेकी छिन्|

 

नवराज गिरी निर्माता रहेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया,एलिस कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

Facebook Comments

यो पनि हेर्नुहोस