सिन्धुपाल्चोक बाढिपिडितलाई श्वेताको सहयोग

अभिनेत्री श्वेता खड्काले सिन्धुपाल्चोकका बाढिपिडितका लागी सहयोग संकलन गरेकी छिन। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदीमा आएको बाढी बस्तीमा पस्दा ठूलो जनधनको क्षति भएको छ ।

श्वेताले फेसबुकमा लेखेकी छन्, ‘काठमाडौलाई पानीको प्यास मेटाएर आफू भने आँशुको भेलमा डुबिरहेकी मेलम्चीको दुख र पीडालाई टुलुटुलु हेरेर कहाँ बस्न सकिन्छ र ? मेलम्चीको यो दर्दनाक अवस्थामा साथ र सहयोगको हात बढाउनु अहिलेको आवश्यकता हो । यही आवश्यकतालाई महशुस गरी तत्काल राहत र उद्धारको व्यवस्थापनमा आफ्नो पाइला अघि सारेकी छु ।’

कोरोनाका बिरामीलाई निशुल्क अक्सिजन र खाना बाडिरहेको संस्था ”हाम्रो टिम नेपाल”ले श्वेताको अभियानमा सहकार्य गर्दै ५० थान सिरक, डस्ना लगायतका राहत सामाग्री सहयोग गर्ने जानकारी दिएको छ । साथमा सहयोग गर्ने चाहना भएकाले सम्पर्क गर्नु हुन अनुरोध पनि गरेकी छिन।

 

Facebook Comments

यो पनि हेर्नुहोस