प्राविधिकलाई ”लप्पन छप्पन २” को निर्माण टिमको सहयोग

चलचित्र ”लप्पन छप्पन २” को निर्माण टिमले कोरोनाको महामारीको कारण समस्यामा परेको प्राविधिकलाई राहत वितरण गरेको छ।

अघिल्लो हप्तामा चलचित्र निर्देशक मुकुन्द भट्ट र चिनिया वितरक शान्त शर्माको पहलमा २५० जना प्राविधिकलाई एक महिनालाई पुग्ने खाद्यान्न प्राविधिक संघ मार्फत सहयोग गरेका थिए । त्यसै गरी यो हप्ता पनि ‘लप्पन छप्पन २’का निर्माता प्रकाशजंग कुँवरले व्याक्तिगत खर्चमा रजतपट कोशेली अभियान मार्फत सहयोग गरेका छन् ।

निर्माता कुँवरले थर्मल गन, अक्सी मिटर, सिल्ड माक्स, पिपिई सेटलगायत एक लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन्।

Facebook Comments

यो पनि हेर्नुहोस