अक्षयको ”वेलबटम” को प्रदर्शन मिति घोषणा

चलचित्र खबर – बलिवड अभिनेता अक्षय कुमार अभिनित चलचित्र ”वेलबटम” को प्रदर्शन मिति घोषणा गरिएका छन्। चलचित्र ”वेलबटम” ट्वीटर मार्फत भिडियो रिलिज गर्दै चलचित्रको प्रदर्शन मिति घोषणा गरी हलमा चलचित्र रिलिज हुने जानकारी गराएका हुन् ।

अभितेना अक्षय कुमारले चलचित्र जुलाई २७ अर्थात साउन १२ बाट हलमा रिलिज हुने जानकारी गराएका हुन् । उक्त चलचित्रमा अक्षय कुमार,लारा दत्ता, वाणी कपुर र हुमा कुरेसी लगाएतका कलाकारको अभिनय रहेको छ।

Facebook Comments

यो पनि हेर्नुहोस