निर्देशक समाजको पहलमा निशालाई आर्थिक सहयोग

मोडल तथा अभिनेत्री निशा घिमिरेलाई चलचित्र निर्देशक समाजको पहलमा आर्थिक सहयोग संग्कलन भएको छ। नर्भिक अस्पतालमा उपचार भई रहेको निशालाई देश तथा विदेशबाट सहयोग जुटि रहेको छ । बिहिबारदेखि नर्भिक अस्पतालले निशुल्क उपचार गर्ने बताएको छ। अहिले उनको स्वास्थ्यमा केहि सुधार हुदै गरेको नर्भिक अस्पतालको चिकित्सकले बताएका छन। लामो समयदेखि शारीरिक हलचल नभएको कारण उनको नशामा समस्या देखिएको थियो।

अभिनय कोर्ष पढ्न तिन वर्ष अघि भारत गएको दुई महिनामा निशाको गाडी दुर्घटनामा परेकी थिइन्। उनि लामो समयदेखि भारतमै उपचाररत थिई। तर अस्पतालको खर्च धान्न नसकेपछि उनो परिवारले उनलाई नेपाल ल्याइएका थिए। काठमाण्डौको ट्रमा सेन्टरमा तिन महिनासम्म उपचार गर्दा पनि स्वास्थ्यमा केहि सुधार नआएपछि उनको विभिन्न थेरापी सेन्टरमा थेरापी गरिएको थियो। उनको उपचारमा ३० लाख भन्दा बढी खर्च भईसकेको उनको परिवारले बताएका छन। उपचारकै क्रममा कोरोना माहामारी आएको कारण निशा घरमै परिवारको रेखदेखमा थिइन्। उनि बोल्न,हिड्न नसक्ने अवस्थामा छिन।

निशाको नेपाली चलचित्र ”मधेसीपुत्र २” मा मख्य भूमिकामा अभिनय गरेकी थिइन्। उनले ”डियर जिन्दगी” नामक टेलिफिल्म संगै तिन दर्जन भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छिन।

Facebook Comments

यो पनि हेर्नुहोस