कोरोनाका व्यथा- ‘कस्तो दिन आयो बरै छुनै नमिल्ने’

यस् गीति चलचित्रको कथा, घटना र पात्र कहीँ कतै मिल्न गएमा संयोग हुनेछ । यो कुनै एकादेशको अर्कै काल्पनिक दुनियाँमा रचिएको कथा होइन । यो यसै दुनियाँमा रहेकाे नेपाल गाउँमा समसामयिक रूपमा घटिरहेका कथाहरूको समिश्रण हो ।

यो कोरोनाको शासनकाल हो । यहाँ जे हुन्छ सबैमा बराबर लागु हुन्छ । धनी वा गरीब, बालक-वृद्ध वा अशक्त, नेता, कलाकार, पत्रकार वा सर्वसाधारण सबैमा बराबर लागु छ । तर ? तर याे शासन मानव जीवनको विपरीत केन्द्रित छ । अहिले पुरै विश्व संकटमा छ । मानव खरानी र माटोमा विलीन भइरहेका छन् । यस संकटको घडीमा कयौंको आदर जोडिएको छ, कयौंको प्रेम जोडिएको छ र कयौंकाे कथा जोडिएको छ । एउटा यस्तै प्रकारको कथा हो तिलक बस्नेतको गीति चलचित्र ‘कस्तो दिन आयो बरै छुनै नमिल्ने’ ।

यो एक सामान्य परिवारको कथा हो, जहाँ प्रेम मिसिएको छ । हुन त हर कथामा प्रेम मिसिएकै हुन्छ तर यसको अर्थ यो होइन कि यो चलचित्र तिनीहरु मध्ये एक हो । यो प्रेम मिसिएका अन्य गीति चलचित्रभन्दा भिन्दै छ र यसको कथा पनि समसामयिक छ । यो यही कोरोनाको महामारीमा घटिरहेका धेरै कथाहरूको समिश्रण हो । बिरामी लैजाने एम्बुलेन्स देखि अस्पतालमा नभएको बिरामीको वेड, अक्सिजन सिलिन्डर र उपचारको सुविधा, यति नै विषयवस्तुमा तयार पारिएको कथा हो । र थप यसमा पात्र राख्ने, दृश्य राख्ने कामको पनि सही सदुपयोग भएको छ ।

पुर्ण जानकारीका लागि :

Facebook Comments

यो पनि हेर्नुहोस