‘रेलको बाटो’ एक आवाज (म्युजिक भिडियो)

चरित्र, घटना, पात्रअनुरुपका कथाहरू हुने गर्छन् । कथाहरू जब आवाज बनेर आउँछन् तब हद पार गर्छन् । गुन्जन्छ हरेक घरदैलो दैलोमा । चोक चोकमा,टोल टोलमा । पुग्छ बालुवाटारको कानमा । थन्किन्छ अँध्यारो गोदाममा । यही नै हो नयाँ नेपाल ।

 

एउटा अगुवा आउँछ, सपना देखाउछ । केटाकेटी आए गुलेली खेलाए मट्यांग्राको सत्यनास । हो मट्यांग्रा नै बनिरहेका छन्, नेपाली जनता । चरो पाएपछि मट्यांग्राको बेवास्ता । यस्तै छ हाम्रो नेपाल । व्यस्त व्यस्तै छ हाम्रो नेपाल । कतै पानीजहाजको रेस चलिराछ, कतै रेलगाडीको । सबैजना भङ्ग छन्, साह्रै दङ्ग छन् । बाउन्न बेतालको एउटै सुरताल । हो यस्तै चलिराछ नेपालमा । अनेक विचारधारा लिएर आएका अगुवाहरु फाल हाल्छान् एउटै कुण्डमा ।

‘रेलको बाटो’ एउटा कथा हो त्याे दुर्गम ठाउँको जहाँ दुःख भन्ने चिजको लोकप्रियता दिनानुदिन बढ्दै छ । समस्याको खानी भएको ठाउँ । यस्ता समस्याहरू पत्रिकामा छापिन्छन्, टेलिभिजनमा ब्रोडकास्ट गरिन्छ । थनकिन्छन् गोदाममा ।

लेखराज गिरीकाे शब्दरचनामा तयार पारिएको यस गीतको मेल भर्सनले राम्रै प्रतिकृया पाएको थियो । अहिले फिमेल भर्सनमा बनेको भर्खरै सार्वजानिक गीतले पनि राम्राे प्रतिकृया पाइरहेको छ । यस गीतमा सुरज पण्डितको कम्पोजमा स्मृती शाहीको आवाज सुन्न सकिन्छ ।

त्यस्तै जिवी चिरण, सरस्वती खत्री र लक्ष्मण देवकोटाकाे अभिनय रहेकाे छ । गीतलाई हुम्लाको जनजीवनमा आधारित रहेर निमार्ण गरिएको छ जसको छायाँकन भीमसेन कल्याल ठकुरीले गरेका छन् । त्यस्तै डीओपीमा अरुण अशोककुमार, ड्रोनमा अनिश खत्री, सम्पादनमा पदम सुवेदी र रङ्गसंयोजनमा मिलन विश्वकर्मा रहेका छन् । भिडीयोलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।

Facebook Comments

यो पनि हेर्नुहोस