आकाश र उमाको सहकार्यमा नयाँ चलचित्र

निर्देशक आकाश अधिकारी र अभिनेत्री उमा गिरिको सहकार्यमा नया फिल्म बन्ने भएको छ । उनीहरु दुइले सयुक्तरुपमा नयाँ फिल्म फिल्म बनाउन लागेका हुन् । केही दिन अगाडि सार्वजनिक भएको ‘त्यो तिम्रो चोखो प्रेमको नजरमा’ गीतम समेत आकाश र उमाले सँगै अभिनय गरेका थिए । उमाका अनुसार, अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । फिल्मलाई नेपाल र सिक्किममा खिचिने छ । फिल्मको नाम भने खुलाइएको छैन ।

द स्काइ मुभिज र उमा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मलाई आकाश स्वंयले निर्देशन गर्नेछन् । फिल्मको बारेमा उमा भन्छिन्, ‘हामीले फिल्मका लागि लोकेशन हेरिसकेका छौं । केही दिनमा फेरि आकाशजी लोकेशन फाइनल गर्न सिक्किम जाँदै हुनुहुन्छ । स्थिति सामान्य भएपछि छायांकनमा निस्कने तयारीमा छौं । अहिले स्क्रिप्टलाई बलियो बनाउन मिहिनेत गरिरहेका छौं ।’

फिल्ममा उमाबाहेक अरु कलाकार फाइनल भएका छैनन् । तर, उमाकी छोरी शिवानी फिल्ममा मुख्य भूमिकामा हुन सक्ने प्रवल सम्भावना छ । फिल्ममा दुई जना टिनएजरको मुख्य भूमिका रहनेछ । दुवैको राम्रो क्यारेक्टर रहेको फिल्ममा शिवानीको अभिनय हुन्छ वा हुँदैन निश्चित नभएको र उनलाई सुहाउदो क्यारेक्टर भएमा हुन पनि सक्ने जानकारी उमाले दिएकी छिन ।

यसअघि उमाले ‘कहिँ कतै, इशारा’ लगायतका फिल्म निर्माण गरिसकेकी छिन् भने निर्देशक अधिकारीले  लकडाउनपछि अभिनेता द्वय सौगात मल्ल र शिव श्रेष्ठलाई लिएर नयाँ फिल्म बनाउने तयारीमा थिए । तर, फेरि कोरोनाको नयाँ लहर सुरु भएपछि फिल्मको छायांकन पोस्टपोन्ड गरिएको थियो । अब उनले नयाँ फिल्मका लागि उमा गिरीसँग सहकार्य गर्न लगेका हुन् ।

Facebook Comments

यो पनि हेर्नुहोस