देशभित्र देश खोज्दै प्रकाश

‘दोहोरी ब्याटल’ गायर चर्चा कमाएका सपुतले चर्चाका साथसाथै धेरै आलोचनाहरूकाे पनि सामना गरे । तर ती आलोचनाहरुकाे जवाफ फर्काएनन् बरु उल्टै आफ्नो नयाँ सिर्जना सार्वजानिक गरे । त्याे थियो ‘बोल माया’ । ‘दोहोरी ब्याटल’ गायर युवाको मनमा बस्न सफल सपुत यसपाली बालक, युवा हुँदै वृद्धवृद्धाहरुको घरदैलो चिहाउन सफल भए । उनलाई आलोचना गर्नेहरू उनको साहस देखेर भाग्दै थिएँ । परपर दुरदरामा ।

‘गलबन्दी’ बाट चोरीको आरोपमा परे प्रकाश । आलोचकहरुले प्रकाशकाे खेदो खन्न छाडेनन् । तर नुनको बदला नुनकै सोझो । ‘बदला बरीलै’ र ‘फुटेको चुरा’ उनको नयाँ भविष्य बन्न पुग्यो । खेदो गर्नेहरु भाग्दै थिए, प्रकाश तिनलाई लखेट्दै थिए । साम, दाम र दण्डले होईन, आफ्ना नयाँ नयाँ सिर्जनाले ।

नेपालमा अहिले सङ्कटकाल लागिरहेको छ । कहिले कोरोनाकाे त कहिले राजनीतिको । यो युवाहरुको समय हाे । युवाहरू उठ्नुपर्छ, यो जुट्ने बेला हाे । यो सङ्कटकाल टाल्न आमनागरिकको खाँचो छ । यहीँ आमनागरिकको आवाजलाई लिएर फेरीपनि प्रकाश सपुत उदाएका छन् ।

सबैजना प्रकाशलाई गायक भन्छन्, म मान्दिन । उनी गित गाउँछन्, म मान्दिन । उनी देश र समाजको आवज उठाउँछन् । प्रकाश सपुत गायक होइनन्, गायनको उद्गमस्थल हुन् । पुरानो भएर पनि केही नयाँ र ताजा छ भने तिनी प्रकाश सपुत नै हुन् । अद्वितीयकाे अर्को नाम प्रकाश सपुत हाे । ‘मेरो पनि होइन र यो देश’, देशभित्र बसेर देश खोज्दै छन् सपुत । आमजनसमुदायको आवाज बोल्दैछन् सपुत ।

गीतमा अभिनय र सङ्गीतमात्र छैन । गीतमा विविधता छ । समुदाय, भाषा र संस्कृतिको । गीतमा नयाँपन त छँदै छ साथसाथै प्रकाश सपुत काे हाे ? यसको परिचय पनि छ । उनलाई आउँदो दिनका लागी धेरै धेरै शुभकामना । नयाँ सिर्जनाको पर्खाइमा ।

Facebook Comments

यो पनि हेर्नुहोस