सम्झानाद्वारा निर्देशित ‘ज्यानलाई भो खतरा’मा शिल्पा पोखरेल

शिल्पा पोखरेल फिचर भएको नयाँ नेपाली गीत ‘ज्यानलाई भो खतरा’ सार्वजनिक भएको छ जसलाई सम्झना उप्रेती रौनियारले निर्देशन गरेकी छिन् । शिल्पासंग रोमान्स गर्दै यस गीतमा रबिन्द्र रिमालले जोडी बाधेका  छन् ।

 

 

लेखु सहायत्रिको शब्द रहेको यस गीतमा अन्जु पन्त र बिक्रम जंग शाहको आवाज रहेको छ भने सुवाश भुषालको संगीत रहेको छ । त्यसैगरी यस गीतमा संगीत संयोजन पुरुसोत्तम सुबेदीले गरेका छन् ।

 

 

मायाप्रेमबारे यस रोमान्टिक गीतलाई गोविन्द राईले नृत्य निर्देशन गरेका छन् र भरत रेग्मीले सम्पादन गरेका छन् । यस गीतलाई रामेशोरले खिचेका हुब र बिक्रम जंग शाहले निर्माण गरेका हुन् ।

 

 

 

Facebook Comments

यो पनि हेर्नुहोस