प्रकाश दुत्तराज र शान्ति श्री परियारको  ‘लाउन्न  दाजै पिरती’

प्रकाश दुत्तराज र शान्ति श्री परियारको आवाज रहेको नयाँ लोक दोहोरि गीत ‘लाउन्न  दाजै पिरती’ सार्वजनिक भएको छ । प्रकाशकै शब्द रहेको यस गीतमा साधारण गाउँले जीवनको मायाप्रेमलाई सुन्दर रुपमा उतारिएको छ ।

 

 

मायाप्रेमबारेको यस गीतमा प्रकाश दुत्तराज, विजय पुन, जुना सुन्दास र आयुष्मा कार्कीको अभिनय रहेको छ । यस गीतलाई मौसम हिमालीले निर्देशन गरेका छन् र अनिल के मानन्धरले छायांकन गरेका छन् । यस गीतका सम्पादक नबिन घर्ति मगर हुन् ।

 

 

१४ मिनेट लामो यस गीतमा कृष्ण बिकेले संगीत संयोजन गरेका छन् भने शब्द र संगीत दुवै प्रकाश दुत्तराजकै रहेको छ ।

Facebook Comments

यो पनि हेर्नुहोस