सुशान्त सिंह राजपुतको बायोपिक ‘न्याय द जस्टिस’को टिजरपछिको चर्चा

सुशान्त सिंह राजपुत, बलिउडका एक प्रतिभाशाली अभिनेता जसको मृत्युको कारण आजसम्म पनि खुलेको छैन । उनको जीवनकहानीमा आधारित चलचित्र ‘न्याय द जस्टिस’को टिजर सार्वजनिक भएसँगै यसलाई लिएर चर्चा बढिरहेको छ ।

 

 

यस केसलाई लिएर अगाडी पनि निकै तहल्का मचिएको थियो । उनका फ्यानहरुले न्यायको माग गरिरहदा पनि आजसम्म सुशान्तको रहस्यमय मृत्यु अहिलेसम्म रहस्य नै छ । सिनेमाको टिजर सार्वजनिक भएपछी दिल्ली हाई कोर्टमा सुशान्तका पिता केके सिंहले उजुरी दिएका छन् । यो उजुरीमाथि सुनुवाई गर्दै दिल्ली हाई कोर्टले सिनेमाको निर्मातालाई नोटिस पठाएर जवाफ मागेको छ ।

 

 

चलचित्रमा सुशान्तको भुमिका जुबेर खानले निभाएका छन् भने रियाको भुमिका श्रेया शुक्लाले निभाएकी छन् ।

 

टिजर रिलिज भएपछी सुशान्तका फ्यानहरुले पनि यो चलचित्र रिलिज हुनु अगाडिनै न्याय पाउनुपर्ने कुरामा जोड दिइरहेका छन्  । यो सिनेमा बनाउन सुशान्तको परिवारबाट कुनै किसिमको अनुमति नलिइएको र चलचित्रमा यथार्थ नहुन सक्ने कुरालाई लिएर अहिले सामाजिक संजालमा चर्चा चलिरहेको छ ।

Facebook Comments

यो पनि हेर्नुहोस