खेम सेन्चुरीको ‘फुलमाया’मा विजय पुनदेखि सचिन परियार

खेम सेन्चुरीको नयाँ लोक दोहोरि ‘फुलमाया’ सार्वजनिक भएको छ । यस गीतमा खेम सँगै सुमन थापा मगरको आवाज रहेको छ ।

लोक दोहोरि अहिले धेरै दर्शकहरुले रुचाइरहेक छन् र त्यसमाथि पनि खेमको छुट्टै क्रेज रहेको कारण पनि यस गीतका निर्माण टिम उत्सुक रहेको कुरा अनुमान गर्न सकिन्छ । यस गीतमा प्रकाश भट्टको शब्द र खेम सेन्चुरीकै संगीत पनि रहेको छ । संगीत संयोजन भने बिनोद बजुरेलीले गरेका छन् ।

 

प्रकाश भट्टले निर्देशन गरेको यो गीतमा उनले नै नृत्य निर्देशन गरेका छन् र निर्माण भने सुरेश जोशीले गरेका हुन्  । भिडियो सम्पादन विष्णु शर्मा हुन् र छायांकन नवराज उप्रेती र रवि न्यौपानेले गरेका हुन् ।

 

 

कमेडी पात्रका रुपमा मनिश खड्का र विशाल परियार छन् भने खेम सेन्चुरी र सुमन थापा मगर आफैँ गीतमा फिचर भएका छन् । १५ मिनेट लामो यस गीतमा  विजय पुन, रन्जिता गुरुङ, सचिन परियार लगायत  थुप्रै कलाकारहरु यस गीतमा संलग्न छन् ।

Facebook Comments

यो पनि हेर्नुहोस