ज्योति मगर र प्रिती आले नयाँ गीतमा एकसाथ

ज्योति मगर र प्रिती आले नयाँ लोक दोहोरी गीतको म्युजिक भिडियोमा एकसाथ आएका छन् । ‘सिलौटोमा चटनी’ बोल रहेको यस गीतमा ज्योति र प्रितीसंग रामजी कण्ड र कुलेन्द्र विस्वकर्माको जोडी बाधिएको छ ।

 

 

कुलेन्द्र विस्वकर्मा र समिक्षा अधिकारीको आवाज रहेको यस गीतमा कस्तुप पन्तको शब्द र संगीत रहेको छ । सो भिडियोको निर्देशन शंकर बिसीले गरेका छन् र छायांकन दुर्गा पौडेलले गरेका छन् ।

 

लोक दोहोरीको लहर अहिले निकै नै चलिरहेको छ र दर्शकहरुले पनि रुचाइरहेका छन् ।

Facebook Comments

यो पनि हेर्नुहोस