अदिति र धिरजको नयाँ जोडी ‘बाबरी क्याफे’मा : छायांकन सुरु

नेपाली चलचित्र ‘बाबरी क्याफे’ मार्फत  नायिका अदिति र नायक धिरजको जोडी पहिलोपटक पर्दामा आउने भएको छ र सो चलचित्रको छायांकन सुरु भैसकेको छ ।

चलचित्रको मुख्य कलाकारसहित निर्माण टिम पूर्वको लेटाङ्गमा पुगिसकेको छ र  शुभसाइत गर्दै चलचित्रको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ । लेटाङ, बुधबारे र सिक्किममा छायांकन हुने बताइएको सो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।

कोरोनाको कारण लामो समयसम्म ठप्प रहेको चलचित्र क्षेत्रमा यस्ता ठुला ब्यनरमा बन्ने चलचित्रले कत्तिको उकालो चढाउने हो त्यो त चलचित्र रिलिज भएपछी मात्र नै थाहा हुन्छ ।

कोरोनाकै कारण यस चलचित्रको छायांकन पनि रोकिएको थियो नत्र लक्डाउन अगाडि नै यसको छायांकन सुरु हुने कुरा निर्माण टिम बताउछन् । अदितिले ‘कृ’ पछी यो दोश्रो चलचित्र यात्रा गर्दैछिन  । धिरज र अदितिको जोडी र केमिस्ट्री कस्तो हुन्छ होला ? तपाइको विचार शेयर गर्नुहोला ।

Facebook Comments

यो पनि हेर्नुहोस