‘नाईं नभन्नू ल ६’ भन्दा अगाडि अर्को फिल्म बनाउँँदै विकास आचार्य

सफल चलचित्र ‘नाई नभन्नू न’ सिरिजका निर्देशक बिकाशराज आचर्यले ‘नाईं नभन्नू ल ६’ भन्दा अगाडि अर्को फिल्म बनाउने भएका छन् । गत वर्षको लकडाउन अगाबै ‘नाईं नभन्नू ल ६’ निर्माणको तयारी गरेका आचार्यले फिल्ममा अनुभव रेग्मी र सेड्रिना शर्मालाई अनुबन्ध गरेर स्क्रिप्टको तयारीमा लागिरहेका थिए । तर उनि अहिले सम्म चलचित्रको छायांकनमा जान सकेको छैन । सेड्रिना ठूलो भएपछिको भूमिकामा अभिनय गर्ने अभिनेत्रीको खोजीमा रहेका उनले तत्काललाई यो फिल्मको निर्माण पछाडि सार्दै अर्को फिल्म बनाउने तयारीमा लागेका हुन् ।

आइतबार आफ्नो जन्मदिन मनाउदै उनले भने ‘थोरै लगानीमा सानो टिम लिएर नयाँ फिल्म बनाउन लागेको  र कोरोनाको महामारीले कहिलेसम्म यतिक्कै बस्ने ? यो अवस्थामा फिल्म क्षेत्रलाई चलायनमान बनाउनु फिल्मकर्मीको दाहित्व हो । त्यसैले सानो टिम लिएर चाँडै छायांकनमा निस्कन्छौं ।’

कोरोना महामारीपछि थोरै लगानीमा सानो टिम बनाएर फिल्म निर्माण भइरहेका बेला निर्देशक आचार्यले पनि यो समयमा सानै लगानीमा फिल्म निर्माण गर्ने सोचका साथ उक्त फिल्म बनाउन लागेका हुन् ।

फिल्ममा दुई जनाको मुख्य भूमिका हुने र सहायक कलाकार एकदमै थोरै रहने उनको भनाई छ । समय अनुकूलको कथामा फिल्म बन्ने र फिल्मको छायांकन अवधि पनि छोटो हुनेछ । फिल्मको नाम र कलाकार हरु भने खुलाइएको छैन ।

निर्देशनमा आउनुभन्दा अगाबै दर्जनौं फिल्मको पटकथा तथा संवाद लेखेका आचार्यले ‘नाईं नभन्नू ल’ सिरिजबाहेक ‘नसिब आफ्नो, म तिम्रो भइसकेँ, हजार जुनीसम्म’ फिल्मको निर्देशन गरिसकेका छन् । उनी सर्वाधिक सफल निर्देशक र निर्मातामध्ये एक मानिन्छन् ।

 

Facebook Comments

यो पनि हेर्नुहोस