‘चिसो मान्छे’मा स्वस्तिमाको लूक्स

नेपाली चलचित्र ‘चिसो मान्छे’को अहिले पोस्टप्रोडक्सनको काम भइरहेको छ । यस चलचित्रमा स्वस्तिमा खड्काले मुख्य भूमिका निर्वाह गरेकी छिन् र उनको यसै चलचित्रको केहि सिनमा रहेको उनको  तस्विर बाहिरिएको छ ।

चोली, पहेंलो पोते सिम्पल लूक्स रहेको उनको यो तस्बिरमा उनलाई सोजी देखिएको छ l दिपेन्द्र खनालले निर्देशन गरेको सो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन्।

भाद्र ११ मा रिलिज हुने सो चलचित्रले अहिलेको यो समयमा नेपाली दर्शक कत्तिको तान्ने हो त्यो भने हेर्न बाँकि नै छ l ठप्प भएको चलचित्र क्षेत्रलाई यो चलचित्रले उठाउला ? तपाईहरुलाई के लाग्छ आफ्नो विचार शेयर गर्नुहोला।

Facebook Comments