एक्सन थ्रिलर ‘एक्स ९’ को घोषणा

एक्सन थ्रिलर नेपाली चलचित्र ‘एक्स ९ लेबल १’ बन्ने भएको छ । सो चलाचित्रका निर्देशक मुकुन्द भट्टले सामाजिक सञ्जालमा एक पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेका छन् ।

महँगो लगानीमा बन्न गइरहेको यस चलचित्रका निर्माता यादव प्रसाद हुन् । अभिनेता सौगात मल्ल, अनुप विक्रम शाही र निश्चल बस्नेतसँग मौखिक सम्झौता भइसकेको यस चलचित्रको प्रमुख भूमिकामा भने अनमोल केसीलाई अफर गरिएको छ ।

निर्देशक मुकुन्दले सिनेमाको कलाकारको बारे वैशाख २० गते जानकारी दिने बताउनुका साथै यो चलचित्र नेपालकै सबैभन्दा ठुलो एक्सन थ्रिलर रहने बताएका छन् ।

Facebook Comments

यो पनि हेर्नुहोस