चलचित्र पत्रकार कल्याणकारी कोषलाई ‘श्री’ फिल्मको सहयोग

चलचित्र ‘श्री’ ले चलचित्र पत्रकार संघमा स्थापित ‘चलचित्र पत्रकार कल्याणकारी कोष’ लाई आर्थिक सहयोग गरेको छ । चलचित्र ‘श्री’ले चलचित्रको पर्दर्शन दोश्रो हप्तामा प्रवेश गरेको उपलक्ष्यमा काठमाडौँको बानेश्वरमा रहेको ‘वान सिनेमा हल’ मा एक औपचारिक कार्यक्रम गर्दै चलचित्र पत्रकार कल्याणकारी कोषलाई नगद पच्चिस हजार एक सय पाँच रुपैया सहयोग गरेको हो ।

कार्यक्रममा चलचित्रका कलाकार सन्दिप क्षेत्री, भोला सापकोटा, सबिता सापकोटा लगायतका कलाकारहरु र चलचित्र पत्रकार संघका अदक्ष्य श्री दिनेश सिटौला, उपाध्यक्ष जीवन पराजुली, महासचिब समिर बलामी लगायत आन्य ब्यक्तित्वहरुको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

Facebook Comments

यो पनि हेर्नुहोस