शिशिरको ‘फोटो फिरिम २’ सार्वजनिक

कलाकार तथा संचारकर्मी शिशिर भण्डारीको ‘फोटो फिरिम २’(रुमाल चिनो छ) म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रताप दास, रचना रिमाल र कुमार अभिको स्वर रहेको छ भने शिशीर भण्डारीकै शब्द र संगित रहेको छ ।

यस अघि भण्डारीले रचना र प्रतापकै स्वरमा ‘फोटो फिरिम’ ल्याएका थिए । उक्त गीतलाई दर्शकहरुले अत्याधिक रुचाए पछि शिशिरले दोश्रो भाग ‘रुमाल चिनो छ’ नाम दिएर ‘फोटो फिरिममा २’ ल्याएका हुन् ।

गीतको भिडियोमा शिशिर भण्डारी, रिस्ता बस्नेत, जुना सुन्दास, प्रकाश रामदाम,वसन्त भण्डारी,श्रद्धा गौतम,पूजा गौतम,सरूँ गौतम,एलिना कार्की,शुसन गौतम,लक्ष्मण राज अधिकारी अविनाश गौतम र निक शर्माको अभिनय रहेको छ भने अभिनेता आकाश श्रेष्ठ पनि बिशेष अतिथिको भूमिकामा देखिएका छन् ।

प्रेम र  बिछोडको कथामा बनेको भिडियोमा कथा र निर्देशन शिशिर भण्डारी स्वयमकै रहेको छ । भिडियोमा दिपेन गौतमको निर्माण, दिन्सन शाहको सम्पादन र ज्ञानेन्द्र शर्मा हुमागाईंको छ्यांकन रहेको छ ।

स्वर, शब्द, संगित र अभिनयले सु-सज्जित गीतको भिडियो शिशिर भण्डारीको आफ्नै युटुब च्यानल ‘नयाँ नयाँ न्युज  नेपाल’ बाट सार्वजनिक भएको छ ।

Facebook Comments

यो पनि हेर्नुहोस