‘कहिले भेट्ने खै ३’मा वर्षा र खगेन्द्र

चर्चीत गीत ‘कहिले भेट्ने खै’को सफलतापछि यसकै दोश्रो भाग आएको थियो र अहिले ‘कहिले भेट्ने खै ३’ सार्वजनिक भएको छ । यस गीतमा खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी फिचर भएका छन् ।

अल्मोडा राना उप्रेती नेपाली सांगीतिक क्षेत्रमा चर्चीत नाम बनिसकेको छ । उनका यस अघिका गीतहरुले निकै सफलता पाइसकेको छ र उनी फेरी ‘कहिले भेट्ने खै ३’लिएर आएका छन् । सो गीतमा आवाज, शब्द र संगीत अल्मोडाकै रहेको छ र संगीत सम्पादन पनि उनी आफैंले गरेका छन् ।

यस गीतमा वर्षा सिवाकोटी र खगेन्द्र लामिछानेको अभिनय धेरैले रुचाएका छन् । बिछोडमा हुने पीडालाई चित्रण गरिएको यस गीतलाई रन्जीत बल्लभ उप्रेतीले निर्देशन गरेका हुन् भने यसका निर्माता मनोज बस्नेत हुन् । कन्सेप्ट पनि रन्जीत र अल्मोडाकै रहेको यस गीतको छायांकन चिन्तन राज भण्डारीले गरेका छन् ।

‘कहिले भेट्ने खै’को पहिलो र दोश्रो भागहरुले जस्तै यस गीतले पनि कतिको सफलता प्राप्त गर्छ त्यो भने हेर्न बाँकि नै छ ।

Facebook Comments

यो पनि हेर्नुहोस