आमा बन्दै गरिमा पन्त

हाल बेल्जियम बस्दै आएकी नायिका गरिमा पन्तले आफु गर्भवति भएको फोटो सार्वजनिक गरेकी छन् ।

वि.सं. २०७७ को अन्तिम दिन पन्तले आफ्नो इन्स्टाग्राम एकाउन्टमा आफुगर्भवति भएका फोटोहरु शेयर गरेकी छन् । पतिसहित फोटो शेयर गरेकी उनले ‘शृस्टिबाट शृस्टिकर्ता, जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश’ भनेर क्याप्शन लेखेकी छन् ।

वि.सं. २०७० मा रिलीज भएको फिल्म ‘झोला’बाट राष्ट्रिय अवार्डसहित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी गरिमाले वि.सं. २०७३ को बैशाखमा मा बेल्जियम बस्ने ब्यवसायी हरि शर्मासँग विवाह गरेको जानकारी दिएकी थिईन् । केहि वर्ष अगाडि सांगीतिक कार्यक्रमका लागि यूरोप पुगेको समयमा  गरिमा र हरिको भेट भएको थियो ।

गरिमासँग दोश्रो बिवाह गरेका हरि नेपाली ब्यवसायी संघ बेल्जियमका पूर्व अध्यक्ष समेत हुन् ।

Facebook Comments

यो पनि हेर्नुहोस