आमा बन्दै ऋचा शर्मा

अभिनेत्री ऋचा शर्मा आमा बन्ने भएकी छन् । यो खबर उनले नयाँ बर्षको दिन बिहान शोसल मीडियामार्फत सार्वजनिक गरेकी हुन् ।

बगैंचामा पति दिपेक्ष विक्रम राणासँगै सजीवनको विरुवालाई पानी हालीरहेको तस्वीर सार्वजनिक गर्दै आमा बन्न लागेको खुलासा गरेकी हुन् । उनले लेखेकी छन्, “आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउछस् । आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ ।“

‘आज तपाईंहरु माँझ यो ख़ुशी बाँडन पाउदा सम्पूर्ण महसुश भईरहेको छ । एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा हो । त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौ । यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु। मेरी आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला, “छोरी आज ठुली भई।”

 

अभिनेत्री ऋचा शर्मा र दिपेक्ष्या बिक्रम् राणा बीच गत वर्ष मङ्सिरमा बिवाह भएको थियो ।

 

 

Facebook Comments

यो पनि हेर्नुहोस