‘हामी तीन भाई’ फेरी बन्ने तयारीमा

चलचित्र खबर, काठमाडौँ – करिब आज भन्दा डेढ दशक अघि स्व ‘शिव रेग्मी’को लेखन र निर्देशनमा बनेको सुपरहिट फिल्म ‘हामी तीन भाई’ को नाममा निर्देशक मदुसुधन भट्टराई को निर्देशनमा पुन: हामी तीन भाई बन्ने कुराको अनौपचारिक रुपमा घोषणा गरिएको छ |चलचित्र ‘हामी तीन भाई’ पहिलेको चलचित्रको सिक्वेल नभएको बताइएको छ|

प्रसिद्धि सिने आर्टको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘हामी तीन भाई’ लाई साजित महतले निर्माण गर्ने भएका छन् | चलचित्रको घोषणा सँगै केहि मुख्य कलाकारहरुको तस्विरहरु पनि सार्बजनिक भएको छ | जसमा सलोन बस्नेत , शिशिर राणा सहित  बिकाश चापागाईं , सदिक्षा पाण्डे र नरेन्द्र केसी आदि अनुबन्धित भएका छन् भने अन्य कलाकारहरुको छनोट हुन बाकि रहेको छ।

पारिवारिक तथा प्रेम कथामा आधारित रहेर बन्ने” हामी तीन भाई “का कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन् भने चलचित्रको छायांकन नरेन्द्र कुमार सिंह र द्वन्द हिमाल केसी, संगीत श्याम कृष्ण मानन्धर , लेखन मनिष गौतम र रिवाज दाहाल , स्वर रुपक डोटेल र नितु पौडेल रहेको छ। चलचित्रमा गीतकार उत्तम सेढाई, मुख्य सहायक निर्देशक बिनय पौडेल र राम्जी राउत को रहेको छ।

फेरी बन्द हुने भयो सिनेमा हल

चलचित्र ‘हामी तीन भाई’ पहिलेको चलचित्रको सिक्वेल नभएको पनि बताइएको छ|

Facebook Comments