फेरी बन्द हुने भयो सिनेमा हल

सरकारले केही दिन अगाडि भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको थियो ।  नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सिनेमा हल, शिक्षण संस्था, पार्टी प्यालेस लगायतका भिडभाड जन्य क्षेत्र पनि बन्द गर्न सिफारिस गरेको हो ।

शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सीसीएमसीलाई सिफारिस गरेको थियो । यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को शुक्रवार बस्ने बैठकले निर्णय गर्न सक्नेछ । मानिसहरुको भीडभाड हुने ठाउँ भएकाले सिनेमा हल बन्द गर्न स्वास्थ्य मन्त्रालयले गरेको सिफारिसलाई सीसीएमसीले कार्यान्वयन गर्न सक्ने सम्भावना रहेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर उच्चरुपमा बढ्दै गईरहेको कारण नेपालमा पनि उच्च सतर्कता अपनाइएको हो ।  भारतमा दैनिक ६० हजारभन्दा बढी कोरोना संक्रमित भेटिईरहेको रहेको छ भने नेपालमा पनि संक्रमण बढ्न सक्ने सम्भावना रहेको छ ।

गत वर्ष पनि कोरोना संक्रमण फैलन नदिनका लागि सरकारले लकडाउन अगाबै सिनेमाहलहरु संचालनमा रोक लगाएको थियो । लकडाउन र निषेधाज्ञा खेप्दै करिव ९ महिना पस्चात पुष १० बाट सिनेमा हल सुचारु गरिएता पनि महिनौ सम्म दर्शक बिहिन भएर बसिरहेका छन् ।

यहि चैत्र महिनामा केहि चलचित्रहरुको प्रदर्शन मिति तोकिईदा अब भने सिनेमाहलमा दर्शकहरु फर्केलान कि भन्ने आश गरिएको थियो ।  तर दोश्रो चरणको कोरोनाको संक्रमण बढेको कारण उक्त फिल्महरुको प्रदर्शन मिति सर्न पुग्यो भने केहि फिल्महरुले पर्दर्शन सुरु गरेता पनि सरकारले पुन: सिनेमा हलहरु बन्द गर्न सिफारिस गरेपछि सिनेमा क्षेत्रमा फेरी संकट उत्पन्न हुने लक्षण सिर्जना भएको छ ।

 

Facebook Comments

यो पनि हेर्नुहोस