नयाँ बर्षमा रिलिज हुदै ‘श्री’

चलचित्र खबर, काठमाडौँ – नया बर्ष २०७८ को शुभ अवसर पारेर भोलि शुक्रबारबाट एभरेष्ट सुर्य बोहरा निर्देशित सिनेमा ‘श्री’ प्रदर्शनमा आउने भएको छ | सुरुमा ओटीटीमा मात्र रिलिज गर्ने तयारीमा रहेको निमार्ण टिमले केहीदिन पहिले राजधानीमा आयोजित एक कार्यक्रममा जानकारी दिदै वितरक करण श्रेष्ठको पहलमा हलमा रिलिज हुने कुराको जानकारी दिएका हुन् ।

चलचित्र ‘श्री’ मा सन्दिप क्षेत्री, बर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, मोहनकृष्ण श्रेष्ठ, भोला सापकोटा बसुन्धरा भुसाल, रबिन्द्र झा, , कमलजंग बोहरा (काजी), सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन् ।

एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, ओएसआर डिजिटल र महारानी इन्टरटेन्मेन्ट युकेको सहकार्यमा निर्माण भएको चलचित्रमा फरक भूमिकामा देखाइने ‘श्री’ का प्रमुख पात्र सन्दिप क्षेत्रीले श्री आफ्ना लागि निकै महत्वपूर्ण रहेको उनले अहिलेसम्म अभिनय गरेको सिनेमाहरुमध्ये ‘श्री’ उत्कृष्ट रहेको बताएका छन् |

सुर्य बोहराको निर्देशनमा रहेको चलचित्रमा निर्माता श्री पराजुली र सविता गुरुङ तथा सह निर्मातामा यम बराल, सूर्य सिम्खडा साइराम, बाल शर्मा टाइगर र सिन्धु पौडेल गौतम छन् । त्यस्तै  चलचित्रमा लेखन शिवम् अधिकारको छ भने  सुदीप कुँवरको मुख्य सहयाक निर्देशन, सुजन बडालको सम्पादन र एलिस कार्कीको ब्याकराउन्ड स्कोर छ ।

 

‘कबड्डी ४’ मा मिरुना र गौमाया फाइनल

Facebook Comments

यो पनि हेर्नुहोस