अनमोलको लुक्स आखिर आउट भयो कसरी?

चलचित्र खबर, काठमाडौँ – केहि समय अघि निर्देशक सुनिल कुमार थापा द्वारा निर्देशन भैरहेको चलचित्र  ‘ए मेरो हजुर ४’ को शिर्ष गीतको छायांकन सकेर काठमाडौँ फर्किसकेको र अहिले चलचित्रको बाकी छायांकन भैरहेको बेला अभिनेता अनमोलको लुक्स बाहिरिएको छ जुन यतिबेला टिकटकमा एकदमै भाइरल भैरहेको छ |

अनमोल अस्पतालमा छोटो कपालमा रहेको लुक्स टिकटकमा अपलोड भएपछि निर्माण पक्ष तनावमा परेको छ | बुझिए अनुसार अनमोलको बाहिरिएको लुक्स क्लाइमेक्स तिरको हो र उक्त लुक्स दर्शकले हलमै हेर्नु पर्ने भएको तर चलचित्र प्रदर्शन अघि नै सो लुक्स सर्बाजनिक भएसी अहिले निर्माण पक्ष एकदमै तनाबमा रहेको हो |

‘कबड्डी ४’ मा मिरुना र गौमाया फाइनल

अभिनेता अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’ को प्राय : सबैजसो छायांकन पुरा भैसकेको छ भने चलचित्रलाई भदौ १८ गते प्रदर्शन गर्ने  घोषणा गरिएको छ |

Facebook Comments