‘कबड्डी ४’ मा मिरुना र गौमाया फाइनल

चालचित्र ‘कबड्डी ४’ का लागि दुई नायिका फाइनल भएका छन् । चलचित्रका निर्देशक रामबाबु गुरुङले चलचित्रका लागि नायिका द्वोय मिरुना मगर र गौमाया यात्रीलाई फाइनल गरिएको मिडियामा जानकारीड दिएका छन् । केहि महिना अघि देखि द्वोय नायिकाहरुसंग कुरा भएको र अहिले उहाहरु नेपालमा  आएर फिल्माको लागि वर्कशपमा रहेको समेत जानकारी रामबाबुले दिएका छन् ।

मल्टी स्टार्र चलचित्र ‘कबड्डी ४’ मा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, वुद्दि तामाङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा फाइनल भैसकेका छन् । नायिका मिरुना मगरले केही नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । तर, गौमाया भने यसै चलचित्रबाट डेब्यु गर्दै छिन् । गौमाया भ्लगर हुन् । उनले, आफ्नो भ्लगिङमार्फत नेपाली संकृती, भाषाको प्रवद्र्धन गर्दै आएकी छिन ।

चलचित्रमा नायिका उपासना ठकुरी र रेश्मा गुरुङ रहने वा नरहने भन्ने कुरा भने रामबाबुले बताउन चाहेका छैनन् । चलचित्रमा कलाकार तथा निर्देशक निश्चल बस्नेतक् भने  केमियो भूमिकामा रहने छन् ।

रामबाबुले यो चलचित्रलाई ‘फाइनल म्याच’ भन्दै आएका छन् । उनले भने–‘फाइनल म्याच नै भनेर चलचित्रको कथा लेखिरहेको छु । तर, भोली लेख्दै जाँदा म्याचमा जालझेल पनि हुन सक्छ ।’ वैशाखबाट छायांकन सुरु गर्ने चलचित्रको छायांकन जानु अगाडि चलचित्रका सबै कलाकारको पीसीआर परिक्षण समेत गरिने छ । चलचित्रलाई आगामी असोज १५ गतेबाट रिलिज गर्ने घोषणा निर्माण टिमले गरिसकेको छ ।

Facebook Comments

यो पनि हेर्नुहोस