निर्देशक हेमबहादुर लामा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’द्वारा सम्मानित

चलचित्र खबर, काठमाडौँ – बर्सेनी रुपमा आयोजना गर्दै आइरहेको फिल्म निर्देशकहरुको छाता संस्था चलचित्र निर्देशक समाजले १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा आइतवार चलचित्र विकास बोर्डको सभा हलमा भएको थियो भने कार्यक्रममा ९२ वर्षिय निर्देशक तथा निर्माता हेमबहादुर लामालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ द्वारा सम्मानित गरिएको थियो । ‘आदर्श नारी’ को निर्माण तथा निर्देशन गरेका लामाले नीजि क्षेत्रबाट फिल्म बन्न थालेपछि चलचित्र निर्माण गरेका  थिए ।

कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो भने  ‘युवा चलचित्र निर्देशक सम्मान’ निर्देशक ऋषि लामिछाने र महिला निर्देशक दीपाश्री निरौलालाई प्रदान गरिएको थियो | साथसाथै निर्देशकहरु युवराज लामा, रमेश बुढाथोकी, प्रकाश सायमी र नारायण पूरी पनि सम्मानित भए ।

‘अनन्त’मा कर्मा र लक्ष्मी एकसाथ

निर्देशक तथा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला, कलाकार नीर शाह, निर्माता राजकुमार राई, पशुपति क्षेत्र विकास कोषका अध्यक्ष घनश्याम खतिवडा, कान्तिपुर टेलिभिजन तथा कान्तिपुर रेडियोका स्टेशन मेनेजर दिनेश डिसी लगायतको उपस्थिति रहेको समारोहमा निर्देशक समाजकी अध्यक्ष रक्षा राणाले साधारण सभामा अक्षय कोषको औपचारिक घोषणा समेत गरेकी थिइन् |

Facebook Comments

यो पनि हेर्नुहोस