भारतमा रिलिज गरिदै ‘प्रेम गित ३’

चलचित्र खबर, काठमाडौँ – नेपाली चलचित्र ‘प्रेम गित’ सिरिजको तेश्रो सिरिज ‘प्रेम गित ३’ एउटा मल्टीस्टाररार चलचित्र हो जुन चलचित्रले गत वर्षको चैत २८ गते प्रदर्शन गर्ने घोषणा गरेको थियो तर कोरोना महामारीको कारण चलचित्र अनिश्चित कालको लागि कम्प्युटर मै थन्किन बाध्य रहेको थियो | तत्पश्चात उक्त चलचित्रलाई यहि बर्षको अन्त्य तिर प्रदर्शन गर्ने तयारी गरिएको भएतापनि फेरी कोरोनाको दोश्रो लहर चालु भए सँगै अवस्था सामान्य नभए सम्मका लागि चलचित्र फेरी गुफा पस्न बाध्य भएको छ |

Nepali Movie "PREM GEET 3" Wikipedia | Jankari Nepal

तर अब भने चलचित्रलाई प्रदर्शन गर्दा नेपाली दर्शकले मात्र नभएर भारतीय दर्शकहरुले हेर्न पाउने गरि प्रदर्शनमा ल्याउने तयारीमा चलचित्र निर्माण टिम जुटेको छ | भारतका सिनेमा हलमा नै प्रदर्शन गर्ने गरी फिल्मको मुम्बईस्थित ‘रियल टच स्टूडियो’मा पोष्ट प्रोडक्सनको काम भइरहेको चलचित्र निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन् भने शुक्रवारबाट फिल्मको हिन्दी डबिङ र सम्पादनको काम सकिएको पनि उनले बताए ।

साईलीलाई सुनैकाे बाला किनिदिने रहर

मुम्बैबाट अनलाईन संग कुरा गर्दै उनले भने- ‘अब ब्याकग्राउन्ड स्कोर, भिएफएक्स, गीत रेकर्ड लगायतको काम बाँकी छ । बलिउड फिल्म ‘राधे र बेल बटम’ पछि स्टूडियोमा हाम्रो फिल्मको काम भइरहेको छ । अहिलेसम्मको आउटपुट हेर्दा सन्तुष्ट छु |”  फिल्मलाई नेपाल र भारतका हलमा एकसाथ रिलिज गरिने गरि भारतका विभिन्न वितरक कम्पनीहरुसँग लगातार छलफल भइरहेको उनले बताएका छन् ।

‘प्रेमगञ्ज’मा बेनिशा सँगै तेज गिरि

स्वर्गीय छेतन गुरुङ र निर्माता सेन को संयुक्त निर्देशन रहेको फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, सुनिल थापा, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराई लगायतको अभिनय रहेको छ । यो फिल्मबाट क्रिस्टिना गुरुङले नायिकाको रुपमा डेब्यू गर्दैछिन् ।

 

 

 

Facebook Comments

यो पनि हेर्नुहोस