निताको निर्देशनमा वेभ सिरिज ‘श्रीमद्भगवत गीता’

 

निताको निर्देशनमा वेभ सिरिज ‘श्रीमद्भगवत गीता’ निता फिल्म्सद्वारा निर्माण वेभ सिरिज ‘श्रीमद्भगवत गीता’ को साँगीतिक समुह चयन गरिएको छ । उक्त वेभ सिरिजलाई नायिका निता ढुंगानाले निर्देशन गर्ने भएकी छिन। नीताले साँगीतिक सदस्यसँग औपचारिक रुपमा सम्झौता गरेकी पनि गरेकी छिन।

 

 

नीताको ‘श्रीमद्भगवत गीता’मा पुष्पन प्रधानको संगीत र स्वर रहनेछ भने शितल गिरीको शब्द र रामजी लामिछानेको कोरियोग्राफी रहने छ। वनिश शाहको सम्पादन र सञ्जय लामाले छायाँकन रहने छ। नीताले आफु भगवानको भक्त भएकाले मनैदेखि ”श्रीमतभगवत गीता” बनाउने बताएकि छिन। यस्तै गायक तथा संगीतकार पुष्पन प्रधानले गीताको शारमा संगीत सृजना गर्ने बताएका छन् ।

 

Facebook Comments

यो पनि हेर्नुहोस