चलचित्र खबर, काठमाडौँ – कलाकारहरुका लागि चलचित्र क्षेत्रबाट लामो समय बाहिरिएर फेरी सोहि क्षेत्रमा कम्ब्याक गर्नु कुनै नौलो कुरा होइन यस्ता थुप्रै कलाकारहरु छन् जो आफ्नो विभिन्न बाध्यतावस भनौ या कारणवस फिल्म क्षेत्रबाट बाहिरिएर केहि समयको अन्तराल पछी फेरी सोहि क्षेत्रमा फर्किएर आउने गर्दछन |
त्यस्तै कुनै एक समय गीतका म्युजिक भिडियोहरु का लागि राम्रो माग भएकी मोडल हुन् “अकेशा बिष्ट” जो हाल आफ्नो परिवार संग अमेरिकामा बसोबास गर्दै आइरहेकी छिन् | उनले दुई दर्जन भन्दा बढी म्युजिक भिडियोमा आफ्नो अभिनय जादु देखाइसकेकी छिन् | उनले सन् २०१५ मा निकेश खड्काको निर्देशनमा बनेको चलचित्र “जिन्दगी रक्स”बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी थिइन् | तर चलचित्र ले खासै राम्रो सफलता हात पार्न नसकेको कारण उनि यो क्षेत्र छाडेर विदेश पलायन भएकी थिइन् |
तर अब फेरी उनि ६ वर्ष पछी चलचित्र “लाईफ इन एलए” बाट अभिनयमा कम्ब्याक गर्ने भएकी छिन् | गत शुक्रवार अमेरिकामा एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ जुन चलचित्रको अप्रिलको पहिलो साताबाट छायांकन अमेरिकाको एलएबाट सुरु हुनेछ भनने नेपालको पोखरामा पनि छायांकन गर्ने तयारीमा चलचित्र निर्माण टिम रहेको छ ।
वाश इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुने चलचित्र अमेरिकामा बसोबास गर्ने नेपालीको संघर्षको कथामा बन्ने भएको हो चलचित्रमा मुख्य भूमिकामा अकेशासँगै बास बिष्शु, जरेद बिल्लुप्स, साम भुजेल, आयुस केसी, विशाल ढकाल रहनेछन । चलचित्रको निर्देशन सूर्य एन श्रेष्ठले गर्दैछन् भने संसार ए सुवेदी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा राजेन्द्र ठकुराठी छन् । सुदिप बरालले फिल्म खिच्नेछन् ।