भुवनको अंगालोमा सुष्मा

नेपाली चलचित्र क्षेत्रमा बेलाबेलामा विवादमा आइरहने व्यक्तित्वहरु मध्येमा अभिनेता भुवन केसी पनि पर्दछन । कहिले अभिनेत्री तथा महिलासँगको सम्बन्ध त कहिले मनमुटावका कारण चर्चामा आइरहन्छन । कुनै समय उनको चकलेटी लुक्सका कारण महिलाहरु भुतुक्कै हुन्थे । नेपाली मिडियाहरुले उनको चरित्रलाई ‘प्ले व्वाई’ र ‘लभर व्वाई’को रुपमा समेत चित्रण गर्ने गरेका छन्।

 

पछिल्लो समय केही बदलिएका भुवन विवादबाट भने अझै मुक्त हुन सकेका छैनन् । लकडाउनमा अभिनेत्री साम्राज्ञी आरएल शाहले उनीमाथि दुर्व्यवहारको आरोप लगाएकी थिइन् । साम्राज्ञीले आफ्नो मानहानी गरेको भन्दै उनले १० करोड क्षतिपूर्ति माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्धा हालेका छन् । यो मुद्धाको अहिलेसम्म छिनोफानो भएको छैन ।

हालै दरवारमार्गको एक क्याफेमा पुराना कलाकारहरुको जमघटमा सुष्मा पनि पुगेकी थिइन् । त्यहाँ उनले भुवनको अंगालोमा बाँधिएर खिचेको एक तस्विर बुधवार इन्स्टाग्राममा शेयर गरेकी छन् ।

रोमान्टिक देखिने यो तस्विरले उनीहरुबीचको प्रेम, मित्रता र आत्मियता झल्काउँछ । यसअघि बलिउड अभिनेता सलमान खानको जन्मदिन सेलिब्रेसनमा पनि उनीहरु एकअर्कासँग निकै नजिक देखिएका थिए ।

करीब ८ वर्षदेखि जिया केसीसँग लिभिङ्ग टूगेदरमा रहेका भुवनको आजका दिनसम्म पनि अभिनेत्रीहरुसँग नजिकको सम्बन्ध छ भन्ने प्रमाण नायिका सुष्मा कार्की सँगको सामिप्यताबाट बुझ्न सकिन्छ ।

 

Facebook Comments

यो पनि हेर्नुहोस