यसरी ‘रेलको बाटो’ खन्न पाइन्छ ?(म्युजिक भिडियो)

सुरताल भए संगीतले आफै र्याल चुह्याउछ । अनि गीतमा ‘अमिल्दो’ भन्ने शब्द लोप हुदै जान्छ ।

 

बेइमानहरु खोक्रो भाषण दिनमा व्यस्त छन्, यता सुरज पण्डितले भने रेलको बाटो खनिसके । पण्डितलाई सन्तोष सुनारले सघाउदै छन् । मान्छेहरु छुवाछुतमै अड्किरहने यता पण्डित र सुनारको मिलिमतो भैसक्यो । योजना बनाउने लेखराज गिरी पनि कम्तीका छन् र ! रेल नगुल्टिनी तरिकाले बाटो खन्न लगाका छन् । बाटो खन्ने मिस्त्रीहरु पनि त्यतिकै जेहेनदार । कुमार राना, कमल सौरागलगायतका मिस्त्रीहरु पनि कति बाठा क्या, अलिकति पनि गल्ति गर्न नसक्ने । म चाहिँ भाषा सुद्धिकरणमा अल्झीरहने अनि हजुरहरु आगोसरी सल्किरहने ?

बाटो बनाउने इन्जिनियरको त के कुरा अर्नु नाम नै काफी छ । लक्ष्य नछाड्ने लक्ष्मण सुनार । अनि इन्जिनियरले भन्या जसरी अर्ने जीवि चिरन, सरस्वती खत्री र लक्ष्मण देवकोटा । अनि रेलमा पांग्रा जोड्न उस्तै खप्पिस हाम्रा राम्रा पदम सुवेदी । सुवेदीले पांग्रामात्रै कहाँ जोड्या हुन् र लिग पनि गज्जबले मिलाका छन् क्यारे ट्याक्क ट्याक्क । ए भाषा मिलाउदामिलाउदै बाँकी मिस्त्रीको त झन्डै नाम छुट्या । भिमसेन कल्याल ठकुरी, अनिश घर्ति, मिलन विश्वोकर्मालगायतका मिस्त्रीका काम त झनै उत्तम, अति नै उत्तम ।

अब यति भनिसक्दा पनि रेलमा कर्णाली घुम्न नचाहनेहरुले के भनु र खोई ? आज यति नै सुद्धिकरण गरियो बाँकी पछि गर्दै गरौला ।

Facebook Comments

यो पनि हेर्नुहोस