बालबालिकामाथिको दुर्व्यहारलाई ‘सावधान’

समाचारमा सुन्नमा आउँछ फलानो बालिकामाथि दुर्व्यहार भयो । सुन्नमा धेरै कुरा आउँछन् फलानोको फलानो फलानो फलानोलाई….यस्ता कुरा समाचार लेख्नेको दैनिकी बनिसकेको छ । एउटा टेबलमा बसेर यस्ता किसिमका समाचार हरेक दिन लेखिरहेका पत्रकारहरुको हालत कस्तो हुन्छ होला..मन् सोचमग्न हुन्छ । वाह ! हाम्रो समाज नारीलाई आमा भन्न जान्यो तर नारीलाई सम्मान भने कहिल्यै दिन जानेन । मलाई अचम्म लाग्छ कि कसले नारीलाई आमा भन्न सिकायो । जसले बिल्कुल गलत सिकायो । नारीलाई आमा होइन सम्मानको नामले बोलाउन सिक् । तर सम्मान नाममा होइन काममा दिएर एकचोटी त हेर, तिम्रो समाज आफै बदलिन्छ ।

हरेक दिन हरेक समचार पत्रिकाको हेडलाइन बनेर नआओस नारीमा विपत्ति । आपत्ति त्यो कुरामा जाओस् जसले फोहोरमुक्त गराउछ समाजलाई । अपरिचित व्यक्तिलाई नै बढी दोस दिने समाज अनि आफ्नै आफन्त, आफ्नै परिवारका सदस्यबाट हरेक दिन दुर्व्यहारमा परिरहेका बालिकाहरु । कतिका लागि यस्ता विषयबस्तु चलचित्रका कथा बन्न पुगे तर नारीको व्यस्था निको हुने औषधि बन्न कहिल्यै पुगेनन् ।

आज यस्तै कथा बोकेको एउटा लघुचलचित्र सार्वजनिक भएको छ । म एउटा आशा राख्छु कि यस्ता चलचित्र कथा भएर होइन औषधि भएर हरेक समाजको रोगलाई निको पार्दै जाओस् ।

नोट: माथि चलचित्रमा उठाइएको विषयबस्तुलाई मनोरञ्जको हिसाबले भन्दापनि औषधिको हिसाबले प्रयोग गरिदिनुहोला ।

Facebook Comments

यो पनि हेर्नुहोस