सस्पेन्स थ्रिलर ‘आँधी तुफान २’को निर्माण घोषणा

१० वर्षपछि सिक्वेल बन्दै

करिब १० वर्षअगाडी प्रदर्शनमा आएको चलचित्र ‘आँधी तुफान’को सिक्वेल बन्ने भएको छ । मौनता श्रेष्ठको लेखन तथा प्रस्तुतीमा चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो ।

तिन युवती कथामा आधारित रहेर चलचित्र ‘आँधी तुफान’लाई तयार पारिएको थियो । सोहि पात्रमा नयाँ कलाकारहरुको भुमिकाको साथै नयाँ कथामा चलचित्रको सिक्वेल बन्ने छ । एक पात्रको हत्या हुन्छ र त्यसको अनुसन्धानमा तिन युवती परिचालित हुन्छन्, चलचित्रको कथासार यहि नै हो ।

चलचित्रको सिक्वेलमा मुकुन्द थापा, धुर्व कोइराला, कनिज कोइराला, संजय खतिवडा, पुनम गौतम, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, पुस्कर राउतलगायतका कलाकारहरुको अभिनय रहेको छ । मदन घिमिरेको निर्देशनमा बन्ने चलचित्रलाई रामशरण उप्रेतीले छायांकन गर्ने छन् । प्रेम चुल्ठेको एक्सन रहेको चलचित्रमा गीतकारका रुपमा हरि उप्रेती र दिनेश सुवेदी रहेने छन् । त्यस्तै रानी शाक्यको आवाज रहने चलचित्रमा सुरेश अधिकारीको संगीत रहने छ । कमल राईको नृत्य रहने चलचित्रलाई विश्वजंग माझीले निर्देशनमा सहायता गर्ने छन् ।

Facebook Comments

यो पनि हेर्नुहोस