काले र कालीको मित्रतामा प्रेमको अँध्यारोपन

काले र कालीबीचको त्यो सम्बन्ध देख्दा यस्तो लाग्छ कि यो कुनै एकादेशको कथा कसैको जीवनमा घट्न पुगेको छ । कालेको एक्लोपनको साथी नै कालीमात्र हो । अनि कालीको जीवनभरिको साहारा काले नै हुनेछ । एकअर्काको भावना बुझ्नको लागि एउटा आत्मियता चाहिन्छ र त्यो आत्मियता काले र कालीबीचको मित्रतामा पाइन्छ ।

कालीको कुनै अर्कै अन्जान व्यक्तिसँग सामाजिक सञ्जालमार्फत् परेको प्रेममा एक्कासी अँध्यारोपन छाउँछ । उक्त व्यक्तिको घातले कालीलाई गहिरो मारमा पार्छ । उसलाई पिडाले सताउँछ उसले आफ्नो पिडा कालेसामु पोख्छे । उसैको कथालाई कालेले गीत बनाएर गाइदिन्छ । अन्त्यमा, आफूहरु दुइबीचको मित्रतालाई कहिल्यै मर्न नदिने निष्कर्षमा पुग्छन् ।

केटा र केटीबीच प्रेमको मात्र सम्बन्ध हुदैनन्, उनीहरुबीच आत्मियता पनि हुन सक्छ, भिडियोको मूल सार यहि नै हो । साधारण कथालाई पनि अरु भिडियोमाभन्दा केही फरक धारले पस्किने प्रयास गरेको भिडियोमा पुष्पन प्रधानको कथा/कन्सेप्ट रहेको छ ।

पुष्पन प्रधानको आफ्नै शब्द/कम्पोज रहेको गीतमा स्वयम् आफैले आवाज दिएका छन् । जोन्नी योन्जनको एरेन्ज/मिक्सङ/मास्टिरङ रहेको गीतलाई सुरज थपलियाले डबिङ गरेका हुन् ।

भिडियोमा स्वस्तिमा खड्का र नाजिर हुसेनको केमेस्ट्री जमेको छ । उत्तम हुमागाईंको छायांकनमा निर्माण गरिएको म्युजिक भिडियोलाई हरि हुमागाईंले सम्पादन/निर्देशन गरेका हुन् ।

Facebook Comments

यो पनि हेर्नुहोस