‘पोइ पर्यो काले’को सिक्वेल बनाउदै शिशिर

निर्माता किरण नेपालीको घोर आपत्ति

गत वर्षको कार्तिकमा प्रदर्शनमा आएको चलचित्र ‘पोइ पर्यो काले’को सिक्वेल बनाउने घोषणा भएको छ ।

निर्देशक शिशिर राणाले थुप्रै म्युजिक भिडियोमा अभिनय गरेका मोडल दिक्पाल कार्कीलाई चलचित्रमा अनुबन्ध गर्दै निर्माण घोषणा गरेका हुन् । कार्कीले यसअघि पनि केही चलचित्रमा काम गरिसकेका छन् ।

उताभने ‘पोइ पर्यो काले’को निर्माता किरण नेपालीले आफुसँग केही कुराकानी नै नगरी चलचित्रको सिक्वेल घोषणा गरेकोमा घोर आपत्ति जनाएका छन् । उनले चलचित्र ‘पोइ पर्यो काले’को सिक्वेल बनाउने हक आफुबाहेक अरु कसैमा नभएको कुरा जानकारी दिएका छन् । आफुसँग कुनै कुराकानी नै नगरी शिशिरले दिक्पाललाई समेत चलचित्रमा अनुबन्ध गराएको कुरा खुलस्त पारेका छन् ।

२ वर्षपछि सिक्वेल बनाउने तयारीमा रहेको निर्माता नेपालीले नयाँ सिक्वेलको नाम ‘पोइ पर्यो काले २’ नभएर ‘पोइ पर्यो बुढो’ राख्ने कुरो गरेका छन् ।

Facebook Comments

यो पनि हेर्नुहोस