गोर्खालीहरुको वीरताको कथामा ‘गोर्खा वारियर २’

औपचारिक निर्माण घोषणा

चलचित्र ‘गोर्खा वारियार २’ को औपचारिक निर्माण घोषणा गरिएको छ । मंगलबार काठमाडौंको लाजिम्पाटस्थित होटल रेडिसनमा कार्यक्रम गर्दै निर्माण घोषणा गरिएको हो ।

लन्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई मिलन चाम्सले निर्माण तथा निर्देशन गर्दैछन् । युद्धमा ज्यान गुमाएका गोर्खाली सेनाको कथालाई समावेश गरेर बनाइएको चलचित्रमा गोर्खाली वीरहरुको वीरताको कहानी देख्न सकिनेछ । उक्त कार्यक्रममा मृतक गोर्खाली सेनाहरुलाई श्रद्धान्जली स्वरुप सशस्त्र प्रहरीको एक टुकुडीले विगुल फुकेर कार्यक्रमको सुरुवात गरिएको थियो ।

मिलन चाम्स स्वयम् नै निर्माता रहेको चलचित्रलाई सुरेश राई र पूर्ण लिम्बू सह-निर्माण गरेका छन् । चलचित्रमा रेविका गुरुङ, विजय लामा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रेअर राई, सारा राई, कविता आले, भुवन सिंह राई र विरुप घलेलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा रितेश चाम्सले डेब्यु गर्दै छन् ।

मिलन चाम्सले तयार पारेको कथामा पटकथा तथा संवादभने गिरीराज घिमिरेले लेखेका हुन् । चलचित्रमा घिमिरेले सह-निर्देशन गर्दै छन् । चलचित्रमा सुदिप बरालको छायांकन, अर्जुन जिसीको सम्पादन र हिमाल केसीको द्धन्द्ध निर्देशन रहने छ । सशस्त्र प्रहरी प्रमुख सैलेन्द्र खनालले लेखेको गीतमा एलिश कार्कीको संगीत र राजेश पायल राईको स्वर रहनेछ ।

भाग एक बन्नु अगाडिनै छायांकन गर्न लागिएको चलचित्रलाई मलेसिया, बेलायत र नेपालको सोलुखुम्बुमा छायांकन गरिने छ । चलचित्रको पहिलो भागको लागि ठुलो बजेट चाहिने हुँदा दोश्रो भागलाई पहिला निर्माण गर्न लागेको निर्देशक चाम्सले जानकारी दिएका छन् ।

Facebook Comments

यो पनि हेर्नुहोस