दयाहाङ र प्रकृतिले गर्दैछन् ‘बिहे पास’

आरआर फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘बिहे पास’मा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा देखिदैछन् । चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गर्ने छन् ।

चलचित्र चैत्रको पहिलो साताबाट फ्लोरमा जाने छ । केही थप कलाकारहरु छनोट नभएकाले अडिशनमार्फत् कलाकार छनोट गर्ने निर्माण टिमको योजना छ । राम्रो र उत्कृष्ट कलाकार अडिसनमार्फत् भित्रिने भन्दै निर्माण पक्षले अडिशन गर्न लागेको हो ।

रत्न श्रेष्ठको कार्यकारी निर्माणमा बन्ने चलचित्रमा ग्याल्जेन लामाले सहनिर्माण गर्दै छन् । सामाजिक विषयमा बन्न लागेको चलचित्रको कथा भने आकाश बराल, सजन काफ्ले र मुरे केरले लेखेका हुन् ।

Facebook Comments

यो पनि हेर्नुहोस