हलिउडलाई टक्कर दिँदै बलिउड

‘भेडिया’मा वरुण र कृति

हलिउडको बाटो पछ्याउदै ‘स्त्री’ तथा ‘रुही’ निर्माता दिनेश विजन नयाँ हरर चलचित्र ‘भेडिया’ निर्माण गर्दैछन् ।

हरर चलचित्र ‘स्त्री’ निर्देशन गरेका वरुण र कृतिसँगै अभिषेक बनर्जी र दीपक डोबरियालको पनि मुख्य भुमिका रहनेछ । चलचित्रमा अमर कौशिकको निर्देशन रहेको छ ।

चलचित्रको एउटा टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा जङ्गलमा रहेको एक व्यक्ति अचानक भेडाको रुपमा परिवर्तन भएको दृश्य देखाइएको छ । चलचित्र २०२२ अप्रिल १४ मा प्रदर्शन गरिने छ । टिजर शेयर गर्दै वरुण लेख्छन्, ‘स्त्री जी र रुही जीलाई भेडियाको प्रणाम !’

 

 

Facebook Comments

यो पनि हेर्नुहोस