‘प्रसाद २’मा पनि निश्चल ?

नेपाली कथानक चलचित्र ‘प्रसाद’को नाम दिएर निर्माण हुदै छ । ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए । चलचित्र ‘प्रसाद’ले दर्शकको मन जित्न सफल भएको थियो ।

‘प्रसाद २’ मा नम्रता श्रेष्ठ र विपिन कार्की पहिलै नै अनुबन्धित भइसकेका छन् । हालै निश्चल बस्नेत पनि निर्माण टिमसँगको औपचारिक सम्झौतामा चलचित्रमा अनुवन्धित भएका छन् । सुवाष थापाको निर्माणमा बन्ने चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्ने छन् । यस अघि सौरभले चलचित्र ‘लभ डायरीज्’ निर्देशन गरेका थिए ।

चलचित्रमा कथा सुशील पौडेलको रहने छ । चलचित्र ‘प्रसाद’मा पनि पौडेलकै कथा समावेश थियो । चलचित्रमा निर्देशन फेरिएपनि कलाकारको फेरबदल नहुने, बरु थप नयाँ कलाकार समावेश गरिने निर्माण टिमको भनाई रहेको छ । ४५ दिने छायांकन सेड्युल राखिएको चलचित्र बाग्लुङमा छायांकन हुने छ। चैत्रको दोस्रो साताबाट चलचित्र फ्लोरमा जाने छ ।

Facebook Comments

यो पनि हेर्नुहोस