‘मनसँग मन’को छायांकन यात्रा सम्पन्न

नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीको मूख्य भुमिका रहेको चलचित्र ‘मनसँग मन’को छायांकन सकिएको छ ।

‘सही दिउँला तिम्रो लागि’ टाइटल रहेको गीतको सुटिङ सकिएलगत्तै चलचित्रको छायांकन सम्पन्न भएको हो । कालिञ्चोकका रमणिय स्थानमा छायांकन गरिएको भिडियोमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको प्रस्तुती रहेको छ । छायांकन गरिएको गीतमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मुकेश उदासको शब्द, रोशन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर छ ।

चलचित्र ‘मन सँग मन’ यहि आउँदो चैतमा आउने भएको छ । डिजिटल पार्टनरको रुपमा रहेको हाईलाइट नेपालले चलचित्र आउदो चैत २७ गते प्रदर्शन हुने जानकारी गराएको छ । युवायुवतीबीच रहेको प्रेमकथामा आधारित यस चलचित्रमा नायक पुष्प खड्का, नायिका वर्षा सिवाकोटी सहित कलाकार बुद्धि तामांग, महेन्द्र बग्दास, चादनी प्रधान लगायत अन्य कलाकारको पनि अभिनय रहेको छ । अरुण तामाङको लगानी रहेको चलचित्रको कथा लेखन र निर्देशन भने कैलाश राईले गरेका छन् ।

Facebook Comments

यो पनि हेर्नुहोस